सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्री प्रचण्डकै कारण अहिलेको अवस्था आयो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण अहिलेको अवस्थामा आएको बताएको छ ।

प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेपछि आफूहरू अगाडि बढेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । आज बसेको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले पहिला प्रधानमन्त्रीले कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको बताउनु भएको हो ।

ज्ञवालीले एमाले यही गठबन्धनलाई अगाडि बढाउन प्रतिबद्ध रहेपनि यस पटक प्रचण्डले फेरि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको सूचना आफूहरुले पाएपछि मात्र यो कदम चालेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पीक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्‍यो । उहाँले अहिलेसम्म एमाले जस्तो रचनात्मक सहयोगी पाउनुभएको थिएन होला । नीति कार्यक्रम, बजेटले रिजर्भेसन भए नि पास गर्‍यौँ ।,’

कांग्रेसले प्रचण्डको नेतृत्वमा अगाडि बढ्न सकिँदैन भनेपछि आफूहरू अघि बढेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ४४ बजे