सुनको मूल्यमा नयाँ कीर्तिमान

कांग्रेस –एमाले सहमतिमा राप्रपा सकारात्मक 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस एमालेबीच संविधान संशोधन गर्ने बिषयमा  भएको सहमति सकारात्मक भएको निष्कर्ष निकालेको छ। 

सो पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनु भयो। 

उहाँले राप्रपाले पहिलादेखि नै संविधान संशोधनको माग अगाडि सार्दै आएको र कांग्रेस र एमालेले त्यसमा सहमति गरेकोले राप्रपा सकारात्मक भएको उहाँले बताउनुभयो। 

लिङदेनले यो सहमति कहिले सम्म अड्ने हो? कति टिक्ने हो भन्ने प्रश्न भए पनि राप्रपाले प्रश्न उठाउँदै आएको यो निर्वाचन प्रणाली लगायतका बिषयमा दुई पार्टीहरुबीच सहमति भएकोले राप्रपाले यसलाई सकारात्मक रूपमा लिएको जानकारी दिनु भयो। 

आगामी सरकारको नेतृत्वको सहभागिता बिषयमा अहिले पार्टीले कुनै  छलफल नभएको  पनि उहाँले बताउनु भयो। बैठक पछि परिवर्तित बिषयमा आफ्नो पार्टीले पनि विभिन्न दलहरूसँग छलफल जारी राखेको लिङदेनले जानकारी दिनुभयो 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : २१ बजे