काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी परेका छन्।
सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चार वटा उजुरी परेको जानकारी दिइएको हो ।
उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिएका छन् । बैठकले सुनुवाइका लागि प्रस्तावित कार्य तालिकालाई परिमार्जन सहित पारित गरिएको राणाले बताए ।
प्रकाशित मिति : १८ असार २०८१, मंगलबार ४ : ०० बजे
प्रतिक्रिया