सुनको मूल्यमा नयाँ कीर्तिमान

तत्काल राजीनामा नदिए पनि  ओली नेतृत्वको सरकारलाई  विश्वासको मत दिने प्रचण्डको सङ्केत 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले   आफू अल्पमतमा  परे पनि तत्काल राजीनामा नदिने घोषणा गर्नुभएको छ। उहाँले संविधान बमोजिम आफूले संसदमा विश्वासको मतको ‘फेस’ गर्ने हुनुभएको छ। 

आज बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले पनि तत्काल राजीनामा नदिने  र विश्वासको मतको ‘फेस’ गर्ने निर्णय गरेको थियो। संविधान अनुसार  सरकारमा रहेको  दलले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। 

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न मंगलार बिहान  शीतल निवास पुग्नुभएको थियो।  दाहालले माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसद्को सामना गर्ने निर्णय गरेको  कुरा राष्ट्रपति समक्ष जानकारी दिनुभएको  स्रोतले बतायो  । भेटमा आफूले सो अनुसार राजीनामा नदिने र विश्वासको मत लिने जानकारी गराउँदै ओली नेतृत्वमा बन्ने सरकारलाई आफ्नो दलले विश्वासको मत दिने सङ्केत गर्नुभएको स्रोतले बतायो । 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ४२ बजे