सुनको मूल्यमा नयाँ कीर्तिमान

ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु

 सिरहा । सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

नरहा गाउँ पालिका ३ खोरिया टोल नजिकै ग्राभेल मफियाहरुले जथाभाबी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । सोमबार करिब ११ बजेबाट हराई रहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अवेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

आज बिहान गाउँकै एक जना खेत खन्न गएको बेला कसहाबाला भन्ने वसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी पञ्चकुमार बाखुले बताए।

तत्काल पुगेका प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ।

यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरुले जथाभाबी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुबेर बर्सेनि बाल बालिकाहरुको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्। 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : १५ बजे