‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकार परिवर्तनको सहमतिलाई सेयर बजारको हरियो स्वागत

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेसबीच सात बुँदे सहमति भएसँगै सेयर बजारमा हरियाली छाएको छ ।

पछिल्लो समय सुस्त रहेको बजारमा कारोबार रकमसमेत कम भए पनि आज मंगलबार भने प्रि–ओपन सेसन देखि नै सकारात्मक प्रतिक्रिया देखियो । प्रि-ओपन सेसनमा ३२ अंक भन्दा बढी वृद्धि पाएको नेप्से ११ बजेर १ मिनेट र २० सेकेण्ड जाँदा चार प्रतिशतले बढ्यो ।

सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच स्थायित्वका लागि सरकार गठन गर्ने र संविधान संशोधन गरेर अस्थिरता रोक्ने विषयमा सहमति भएको थियो । सरकार स्थीर भए सेयर बजार थप लगानीयोग्य हुने भएकाले लगानीकर्ता उत्साहित बनेका हुन् ।

आज कारोबार सुरू भएलगत्तै नेप्से सूचक चार प्रतिशत बढ्दा सेयर कारोबार २० मिनेटको लागि रोकियो । त्यसपछि खुलेको बजारमा पनि खरिद कर्ता हावी भएकाले सूचक थप एक प्रतिशत बढेर ४० मिनेटका लागि कारोबार रोकिएको छ ।

अब सूचकमा थप एक प्रतिशत वृद्धि भए बजार तीन घण्टाका लागि स्थगित हुनेछ र आजको कारोबार समय सकिनेछ ।

आज सूचक २ हजार ५३ दशमलब ३९ अंकबाट कारोबार सुरू भएको थियो ।   

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ३४ बजे