सुनको मूल्यमा नयाँ कीर्तिमान

स्थायित्वका लागि एमाले– कांग्रेस सरकार: महासचिव पोखरेल 

​​​​​​​काठमाडौँ। एमालेका महासचिव शङ्कर पोखरेलले स्थायित्वका लागि संविधान संशोधन गर्न  अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय  सहमतिको सरकार बनाउने सहमति भएको बताउनु भएको छ। 

दुई पार्टीबीच सरकार बनाउने सहमति भएपछि मङ्गलवार बिहान सामाजिक सञ्जालमा  स्ट्याटस लेख्दै यस्तो उल्लेख गर्नुभएको हो । 

उहाँले लेख्नु भएको छ– राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली काँग्रेसका बीचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ३२ बजे