सुनको मूल्यमा नयाँ कीर्तिमान

कांग्रेस –एमाले सहकार्यको सफल इतिहास 

काठमाडौँ । नेपालको राजनीतिमा कांग्रेस र एमालेबीच चरम कटुतादेखि सहकार्यका रोचक घटनाका   धेरै उदाहरण छन् ।  नेपालमा लोकतन्त्रका लागि यी दुई पार्टी मिलेपछि महत्त्वपूर्ण परिवर्तन भएका छन् ।  लामो समय प्रतिस्पर्धा र प्रतिद्धान्द्धिताको राजनीति गर्दै आएका यी दुई पार्टीबीचको सहकार्यका घटनाले धेरै सफलता प्राप्त गरेका छन् । 

२०४६  सालको   जनआन्दोलनपछि  तत्कालीन कांग्रेस सभापति कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकार बनेको थियो। जसमा एमाले९ वाम मोर्चा० सहभागी थियो। त्यो सरकारले तत्कालीन दरबारको अनेक षडयन्त्र चिर्दै २०४७ साल कात्तिक २३ गते नयाँ संविधान जारी गरेको थियो। त्यसपछि त्यही सरकारले नयाँ चुनावमा गरायो। सो निर्वाचनको परिणाम अनुसार काँग्रेसले संसदमा बहुमत प्राप्त ग¥यो। एमाले प्रमुख प्रतिपक्ष बन्न पुग्यो। 

चुनाव लगतै गिरिजा प्रसाद कोइरालाको नेतृत्वका काँग्रेसको सरकार बन्यो। तर आफ्नै पार्टी भित्रको आन्तरिक किचलोले   तत्कालीन प्रधानमन्त्री कोइरालाले संसद विघटन गरेपछि  मध्यावधि चुनाव भयो। त्यो चुनावपछि एमाले संसदमा ठुलो पार्टी बन्यो तर कसैको बहुमत आएन। २०५१ सालमा फेरि मध्यावधि निर्वाचनको घोषणा भयो। तर सर्वोच्च अदालतले त्यसलाई उल्टाइदियो। त्यसपछि सुरु भयो संसदमा अस्थिरता ।  

नेपालको राजनीतिक इतिहासमा  ठुलो समस्या पर्दा कांग्रेस – एमाले मिलेका धेरै  उदाहरणहरू छन् ।  कांग्रेस र एमालेबिच कटुता बढ्दै जाँदा २०५४ साल देखि ५६ साल सम्म   प्रतिनिधिसभामा तेस्रो शक्ति रहेको राप्रपा नेतालाई प्रधानमन्त्री बनाउनु पर्ने अवस्था उत्पन्न भएको थियो।  

 राप्रपाका नेता सूर्य बहादुर थापाले काँग्रेसको र अर्को नेता लोकेन्द्र बहादुर चन्दले एमालेको समर्थनमा छोटै अवधि भए पनि प्रधानमन्त्री बन्ने मौका पाए  । २०४६ सालको जनआन्दोलनको राप सेलाउन नपाउँदै पूर्व पञ्चहरूलाई प्रधानमन्त्री बनाएको भन्दै एमाले र कांग्रेस दुवै पार्टी आलोचनका सिकार भए।  त्यस कारणले एमाले र काँग्रेसलाई अहिले पनि चस्का पर्ने गरेको छ।  

 २०५५ सालमा संसदमा २० सिट रहेको राप्रपाका नेता   लोकेन्द्रबहादुर चन्दको नेतृको सरकारले सात महिना काम गर्न पायो। जसलाई एमालेले समर्थन गरेको थियो। त्यो लगतै राप्रपाका अर्का नेता सूर्य बहादुर थापालाई त्यही संसदमा  एमालेसंग बदला लिने होडमा काँग्रेसले  प्रधानमन्त्री बनायो। 

सूर्यबहादुर थापा ६ महिने सरकारको प्रमुख बने। त्यसपछि पनि सत्ताको चलखेल र अस्थिरता रोकिएन।  त्यसपछि कांग्रेस नेतृत्वमा सरकार बन्यो। जसलाई एमालेले समर्थन ग¥यो। एमाले पनि कोइराला नेतृत्वको सरकारमा सहभागी भयो र ०५६ सालमा आम चुनाव गरायो। 

एमालेको समर्थन पाएको काँग्रेसले करिब १३ महिना सरकारको नेतृत्व  ग¥यो र चुनाव गरायो। जुन चुनावले साना पार्टीको भूमिका संसदमा प्रभावहीन तुल्यायो।  सो निर्वाचनमा  काँग्रेसले स्पष्ट बहुमत ९११३० सिट ल्यायो भने एमाले प्रमुख  प्रतिपक्ष पार्टी बन्यो।

यसरी कांग्रेस एमाले सङ्कटमा मिलेको इतिहास छ। अहिलेको सत्ता समीकरण  र साना पार्टीको अनेक घुर्कीले यी दुवै पार्टीलाई बेला बेलामा टाउको दुखाउने गरेको छ। त्यस माथि माओवादीको बेला बेलाको छलाङको घोषणाले फेरि ५६ साल नदोहोरिएला भन्न सक्ने अवस्था छैन। त्यसैले बाल्कोट वार्ताले धेरैको मन पोल्नुलाई अस्वाभाविक मानिँदैन । 

नेपालमा गणतन्त्र स्थापना भएपछि पनि कांग्रेस एमाले सहकार्य भएपछि  देशका प्रमुख विषय निष्कर्षमा पुग्ने गरेका छन् । देशमा गणतन्त्र स्थापनापछि पनि एमाले कांग्रेस सहकार्यबाट  धेरै विषय निष्कर्षमा पुगेका छन् । तत्कालीन  माओवादी नेता डा बाबुराम भट्टराई को नेतृत्वमा रहेको सरकारले तत्कालीन संविधानसभा जोगाउन सकेन । संविधान नबनाई विघटन भएपछि  फेरि  अर्को चुनाव भयो। त्यो चुनाव पछि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा एमाले सहितको सरकार बन्यो र त्यसले  देशमा संविधान जारी ग¥यो

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ०९ बजे