सुनको मूल्यमा नयाँ कीर्तिमान

अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनु भएको छैन : सचिवालय

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले मन्त्रीहरूलाई बालकोट बोलाइएको भन्ने समाचारको प्रष्ट पारेको छ।

अध्यक्ष ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट बोलाएको खबर बाहिरिएपछि अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी गराएको हो ।

 अध्यक्ष ओलीको सचिवालयले भनेकाे छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’

यसअघि अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनु भएको भन्ने समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ३० बजे