सुनको मूल्यमा नयाँ कीर्तिमान

पुराना वामपन्थी नेता जितेन्द्र देव एमालेमा  

काठमाडौँ, १७ असार  पुराना वामपन्थी नेता जितेन्द्रनारायण देव एमाले प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस त्यागि उहाँ आज एमालेमा प्रवेश गर्नु भएको हो । 
एमाले अध्यक्ष केपी शर्मा ओलीले  पार्टी केन्द्रीय कार्यालयमा  टीका र खादा लगाएर नेता देव सहित दर्जन भन्दा बढी विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गराउनु भएको हो । 
देव संविधानसभा सदस्य, पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा राष्ट्रियसभाका पूर्वसदस्य हुनुहुन्छ  । यसअघि देव एमालेमा नै रहनु भएको थियो ।  नेकपा (मानन्धर), एमाले, माले फेरि एमाले हुँदै कांग्रेसमा प्रवेश गर्नु भएका देव सोमबार फेरि एमालेमा प्रवेश गर्नुभएको हो  । 
उहाँसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि उपस्थित रहनु भएको थियो । 
 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : २४ बजे