साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित इरानी दम्पत्ति पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित इरानी दम्पत्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय  YAZDANYAR MAJIDIAHI र उनकै श्रीमती ३५ वर्षीया PEGAH TAHERI र रहेका छन् ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंका जान लागेका उनीहरूको ह्‍याण्ड ब्यागमा विभिन्न मुद्रा बरामद गरिएको हो ।

उनीहरूको साथबाट १२ हजार ५ सय अमेरिकी डलर, ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारू र ८ लाख ४० हजार श्रीलंकन रूपी बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : ४३ बजे