यस्तो छ आजको विनिमय दर

द आर्ट अफ लिभिङद्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

लण्डन।  द आर्ट अफ लिभिङ गण्डकीले  लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई  कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा विकास गौचनलाई हस्तान्तरण गर्नुभएको हो । प्रमुख जिसीले महामारीका समयमा हातेमालो गर्दै सहयोगमा जुट्नु निकै सकारात्मक भएको जनाउँदै वितरण गरिएको सामान के कसरी प्रयोग भएका छन् त्यसको अनुगमन गर्न  आग्रह गर्नुभयो । 
डा गौचनले सरकारी अस्पतालको उपचार पद्धति र सेवाप्रति  नागरिकलाई विश्वस्त बनाउन आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको सुनिश्चिता आवश्यक रहेको औँल्याउनुभयो । 

आर्ट अफ लिभिङका प्रशिक्षक संयोजक महेश्वर गिरीले विश्वका १६० भन्दा बढी मुलुकमा योग र ध्यानका साधनाबाट स्वथ्य समाजको निर्माणमा लागिपरेको जानकारी दिनुभयो ।  संस्थाका पोखरा संयोजक विश्वमोहन अधिकारीले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा संस्था निरन्तर सक्रिय रहेको र र आगामी दिनमा यस्ता मानवीय सेवाको गतिविधिलाई निरन्तरता दिँदै जाने बताउनुभयो । 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  २ : १० बजे