सुनको मूल्यमा नयाँ कीर्तिमान

खनालको नेतृत्वमा अध्यक्ष मण्डल,चुनावका लागि भोटिङ मेसिन   

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा आजबाट बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्तिको कार्यक्रम र महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने छन् । यी प्रतिवेदनमाथि आज र भोलि दुई दिन छलफल हुने छ। प्रतिवेदन  पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने सो पार्टीले जनाएको छ। 

 नेतृत्व चयनका लागि यस पटक विद्युतीय मेसिनबाट मतदानको व्यवस्था मिलाइएको छ । छिटो र छरितो ढङ्गबाट चुनाव गराउन ई–भोटिङको व्यवस्था गरिएको पार्टीले जनाएको छ । केन्द्रीय सचिवालय सदस्यहरूले डोमेसमेत प्रस्तुत गरेका छन् ।

त्यस्तै बन्द सत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । उपमहासचिव जगन्नाथ खतिवडा संयोजक रहेको १५ सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ । डा. गङ्गालाल तुलाधर र डा. विजय पौडेललाई माइन्यूट लेखनको जिम्मा दिइएको छ ।

यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । हिजोबाट जारी महाधिवेशन २० गते सकिनेछ ।

महाधिवेशनमा अध्यक्षका लागि नेपाल खनाल र भुसालबीच प्रतिस्पर्धा हुने  सम्भावना बढेर गएको छ

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : १३ बजे