साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आज चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवस 

काठमाडौं। आज जुलाई १ चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवस। उत्तर तर्फको विशाल छिमेकी मुलुक चीनमा  कम्युनिष्ट पार्टी स्थापना भएको १ सय ३ वर्ष पुगेको छ। माआत्सेतुङको  नेतृत्वमा स्थापना भएको यो पार्टीले विदेशी हस्तक्षेप र घरेलु प्रतिक्रियावादी चीन र चिनियाँ जनतालाई मुक्त गर्ने संघर्ष गरेर गणतन्त्रवादी चीन स्थापना गरेको थियो । 

स्थापना कालमा ५० जना सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ८१ लाख भन्दा बढी पार्टी सदस्य छन् । यी पार्टी सदस्यहरू बिभिन्न विषयमा विज्ञ र दक्ष छन् । नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबिच भाइचारा सम्बन्ध छ। 

 चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसमा सन्दर्भमा  एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा यस बेला अवलोकन भ्रमणका लागि  असार १२ गतेमा चीन भ्रमणमा छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दश दिने भ्रमणका लागि टोली चीन गएको हो  ।  

विश्वका अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरूमा सबैभन्दा ठुलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी हो ।  । यसको पार्टी सदस्य  सङ्ख्या चीनको कुल जनसङ्ख्याको ७ प्रतिशत हाराहारी मानिन्छ ।

। सीसीपीमा  महासचिव सहित स्थायी कमिटीमा ७ जना छन् । पोलिटब्युरोमा २४ सदस्य छन् । उनीहरू विभिन्न राज्यहरूका नेता, मन्त्री र सरकारी उच्च पदमा छन् ।

केन्द्रीय कमिटीमा ३८० सदस्य छन् । नेश्नल पार्टी कङ्ग्रेसमा २३ सय प्रतिनिधि छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ५४ बजे