सुनको मूल्यमा नयाँ कीर्तिमान

 एमाले अध्यक्ष ओली र  प्रधानमन्त्री दाहालबीच भेटवार्ता  

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल बीच बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री दाहालसँग भेट्न उहाँ केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको हो । 

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।
 बालकोटमा भएको देउवा र ओलीबीचको भेटलाई लिएर सत्ता समीकरण परिवर्तनको हल्ला समेत चलेको छ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले  कांग्रेस र एमालबीच सहकार्यको प्रस्ताव राख्े पनि एमाले अध्यक्ष  केपी शर्मा ओलीले यस बिषयमा कुनै प्रतिक्रिया नजाउनु भएको  स्रोतले बतायो। 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ०३ बजे