सुनको मूल्यमा नयाँ कीर्तिमान

एसको महाधिवेशनमा  अनुपस्थितिप्रति  एमालेको  प्रस्टीकरण– बोलाएका सबै ठाउँमा जान भ्याइँदैन 

काठमाडौँ । नेकपा (एमाले)बाट चोइटिएको नेकपा (एकीकृत समाजवादी)को आजबाट १० औ राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एकीकृत समाजवादीले महाधिवेशन सुरु भएको हो । महाधिवेशन सुरु अघि विभिन्न ठाउँबाट झाकी सहित जुलुस निस्केको थियो । 

र्‍यालीमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव धनश्याम भुसाल लगायतका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । यस्तै कमलादीमा उद्घाटन सत्रमा सुरु भएको छ । 

उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसी लगायत नेता सहभागी हुनुहुन्छ । 

२०७८ भदौ ५ गते एमालेबाट चोइटिएर बनेको नेकपा (एस)मा सबै दल सहभागी भए पनि एमालेको  भने सहभागिता छैन।    महाधिवेशनको उद्घाटन सत्रमा निम्तो पाए पनि एमाले सहभागी भएन । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कार्यव्यस्ततको कारणले उद्घाटन सत्रमा उपस्थित हुन नसकिएको बताउनुभयो । “हामीलाई  औपचारिक रूपमा निमन्त्रणा आएको थियो । तर सबै कार्यक्रममा जान सकिँदैन । शीर्ष नेताहरूको पनि व्यस्त हुनुभयो” उहाँले भन्नुभयो, “त्यसैले व्यस्तताका कारणले हामी नेकपा (एस)को बैठकमा सहभागी हुन सकेनौ ।”

एमालेबाट छुट्टिएर गएको नेकपा (एस)का कुनै पनि कार्यक्रममा एमाले जाने गरेको छैन । 

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् । नयाँ नेतृत्वका लागि नेपाल, खनाल र महासचिव भुसाल रहेका छन् । महाधिवेशन यही असार २० गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ५८ बजे