साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

काठमाडौं ।  टी२० विश्वकप क्रिकेटको उपाधि भिडन्तमा पहिला ब्याटिङ गरेको भारतले दक्षिण अफ्रिकालाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ निर्णय गरेपछि भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको हो । 

भारतका लागि विराट कोहलीले सबैभन्दा धेरै ५९ बलमा ७६ रन बनाए । यस्तै अक्षर पटेलले ४७ रनको योगदान दिए । शिभव दुबेले २७ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले एकै ओभरमा दुई विकेट लिएका थिए । 

भारत दोस्रोपटक टी२० विश्वकपको उपाधि जित्ने प्रयासमा छ भने दक्षिण अफ्रिका पहिलोपटक कुनै पनि विश्वकप जित्ने प्रयासमा छ । यो पिचमा १८० रन पनि पछ्याउन सकिने पिच रिपोर्ट छ । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ५९ बजे