साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ रोज्यो

काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलका लागि टस भएको छ । भारतले टस जितेर दक्षिण अफ्रिकालाई पहिला बलिङ गर्न निम्तो दिएको छ । 

भारतका कप्तान रोहित शर्माले टस जितेपछि पहिला ब्याटिङको निर्णय लिए । साथै उनले टिममा कुनै परिवर्तन भएको बताए । 

उता दक्षिण अफ्रिकाको टिममा पनि कुनै परिवर्तन गरिएको छैन । 

बारबाडोसको ब्रिजटाउनमा हुने यो खेल हाइस्कोरिङ हुने अनुमान छ । टस अगाडि पिच रिपोर्ट हेर्दै भारतीय पूर्व क्रिकेटर रवि शास्त्रीले टस जित्ने टिमले पहिला ब्याटिङ गर्नुपर्ने बताएका थिए । उनले यो पिचमा १८० रनसम्म बन्न सक्ने अनुमान गरेका छन् । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ०४ बजे