सुनको मूल्यमा नयाँ कीर्तिमान

मोरङ जिल्लामा मदन जयन्ती  

मोरङ। मदन भण्डारी फाउण्डेशन,मोरङ जिल्लाले ७३ औँ मदन जयन्तीका अवसरमा पार्टी कार्यालय पाञ्चालीमा विचारगोष्ठी सहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाण्डेशनका केन्द्रीय सदस्य तथा एमाले पार्टीका स्थायी समिति सदस्य गुरु बराल हुनुहुन्थ्यो । बरालले मदन भण्डारीको बहुआयामिक प्रभावशाली व्यक्तित्व र उहाँको योगदान बारे सविस्तार चर्चा गनुृ भएके थियो ।

प्रमुख अतिथि बरालले मदन भण्डारीको अगुवाइ र प्रमुख नेतृत्वमा विश्वभरमा नेपालमा मात्र तत्कालीन अवस्थामा कम्युनिस्ट पार्टीको हसिया हथौडा झण्डा फहराउन सकेको तथ्य प्रस्तुत गर्दै उहाँकै दुरदर्शितामा नेपालमा प्रजातन्त्रिक आन्दोलन समेत गतिशील बनेको बताउनु भयो । फाण्डेशनकी प्रदेश  सदस्य तथा लेखक मिथिला पोखरेलले जबजमा उल्लिखित जनता,बहुदलीयता र जनवाद शब्दका विशिष्ट अर्थ विषयको संक्षिप्त विचार पत्र प्रस्तुत गनुर्् भएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे,पूर्व केन्द्रीय सदस्य विनोद ढकाल,एमाले मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्की वरिष्ठ बुद्धिजीवी दिनेश श्रेष्ठ, वरिष्ठ पत्रकार  महेन्द्र बिष्ट, विराट नगर महानगर पालिकाकी उपप्रमुख शिल्पा कार्कीले मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

 प्रसिद्ध  समाजसेबी  गिरेन्द्र कार्कीको संयोजकत्वमा रक्तदान सहित १३ गते  फाउण्डेशनले बृक्षरोपण, तथा युवा दौड प्रतियोगिता गरिएको थियो । भूमिगत कालमा मदन भण्डारीले  विराटनगर १५ थानगाछी स्थित एक श्रमिक अभिभावकका नातिलाई निशुल्क पढाउने व्यवस्था गरिने कुरा नेता गुरु बरालले उल्लेख गर्नु भयो ।    

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : १७ बजे