यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदन भण्डारी पुरस्कार कञ्चनजंगा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान

काठमाडौँ । मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंगा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिएको छ । 
मदन भण्डारी फाउण्डेशनको आयोजनामा आज  ललितपुर, च्यानलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबज स् राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठी कार्यक्रममा  एमाले अध्यक्ष केपी शर्मा ओलीले नगद एक लाख सहित रुपियाँ पुरस्कृत गर्नु भएको हो ।  

स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा निर्यात प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले पुरस्कार प्रदान गरिएको हो । 

केन्द्रले ९५ हेक्टर जमिनमा छ लाखभन्दा बढी चियाका बिरुवाको आयुर्वेदिक–जैविक खेती गरी वार्षिक सय टनभन्दा बढी चिया निर्यात गरी चार करोड रुपैयाँभन्दा बढी कारोबार गरेको छ ।  २०६८ सालदेखि हरेक बर्ष फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ । 
 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ३१ बजे