साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राप्रपा अध्यक्ष लिङ्देन र बेलायतका राजदूत रब फेनबीच भेटवार्ता

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसंग  संयुक्त अधिराज्य बेलायतका राजदूत महामहिम रब फेन ले भेट गर्नुभएको छ ।    
 पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार भएको शिष्टाचार भेटभएको हो । भेटमा नेपाल(बेलायत सम्बन्ध, राप्रपा, राप्रपाका एजेण्डा लगायत विविध समसामयिक परिस्थितिका बारेमा विमर्श भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठलृे जानकारी दिनुभएको छ। 
 राजदुतसंगको भेटका क्रममा अध्यक्ष लिङ्देनले ब्रिटिश गोरखा सैनिकको पेन्सन लगायतका सुविधाका सम्बन्धमा देखिएका समस्या र त्यसको समाधानका विषयमा जिज्ञासा राख्नुभयो । प्रत्युत्तरमा राजदूत फेनले गोर्खा सैनिकको समस्या समाधान गर्न ब्रिटिश सरकार गम्भीर र सकारात्मक रहेको बताउनुभयो ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ५७ बजे