साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जबजकै मार्गदर्शन अनुसार स्वास्थ्य विमा 

​​​​​​​नेकपा एमाले, माक्र्सवाद र लेनिवादको दृष्टिकोषमा आधारित रहेको पार्टीले योजना बनाउने गर्दछ ।  त्यसक्रममा एमालेको पाँचौ महाधिवेशन २०४९ माघ १४ गतदेखि २० गतेसम्म भयो । त्यसमा मदन भण्डारीले जनताको वहुदलिय जनवादको कार्यक्रम लिने गरेका छौ । त्यसैलाई नै पार्टीले आधारिक सैद्धान्त मान्दै आएको छ । त्यस दस्तावेजमा खासगरि स्वास्थ्यका बिषयहरु महत्वपूर्ण रुपमा उठाइएको छ ।

स्वास्थ्यको विद्यामान स्वरुप÷संरचनामा आमुल परिवर्तन गर्नुपर्दछ भनेर जबजमा उठाइएको छ । त्यतिवेला नै स्वास्थ्यको संरचनाको पुनसंरचनागर्ने कुरा उठाइएको थियो । स्वास्थ्य सेवालाई मानवअधिकार र मौलिक हकको रुपमा मदन भण्डारीले जोडनु भएको थियो । स्वास्थ्य सेवा अधिकारको रुपमा लिनुपर्दछ र यो कुनै कसैको निगाहमा पाउने बिषय होइन । यसलाई अधिकारको रुपमा स्थापित गर्नुपर्दछ भनेर दस्तावेजमा उल्लेख गरिएको छ । 

स्वास्थ्य अत्यावश्यक सेवा र विशिष्टसेवा पनि हो । हुनेले स्वास्थ्य सेवा पाउने पुजी नहुनेले स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने हुँदैन । र सवैले स्वास्थ्य सेवाले पाउनुपर्दछ राज्यले सुनिश्चित गर्नुपर्दछ भनेर जबजमा उठाइएको छ । स्वास्थ्य सेवा भित्र सरकारी संरचनाभित्र काम गर्ने स्वास्थ्यकर्मीले आफ्नो हक अधिकार र सुविधाका लागि छुट्टै पेशागत संगठन निर्माण गर्नुपाउनुपर्दछ र त्यसमा संगठित हुनु पाउनुपर्दछ भनेर र त्यो अधिकार स्वास्थ्यकर्मीमा दिइनुपर्दछ भनेर जबजमा उठाइएको छ । 

अर्को कुरा स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा उपचार गर्दा सेवाग्राहस्लाई कुनै हानी नोक्सानी पुग्यो भने राज्यले आआप्mनो संस्थाले क्षतिपूर्ति दिनुपर्दछ । यदि जानजान त्यस्तो खालको क्षतिपूर्ति पुगेको त्यसको पनि व्यवस्था राज्य वा संस्थाले गर्नुपर्दछ भनेर जबजमा भनिएको छ ।

जबजमा राज्यले मात्र स्वास्थ्य सेवा दिन सक्दैन । अरु गैरसरकारी र अरु पक्षलाई पनि स्वास्थ्य सेवा भित्र लगानी गर्ने वातावरण बनाउनुपर्दछ । उनीहरुलाई आकर्षित गर्नुपर्दछ भनेर उठाइएको छ । वहुराष्ट्रिय कम्पनीको शोसनबाट मुक्त हुनुपर्दछ । राष्ट्रिय स्वास्थ्य नीति, राष्ट्रिय औषधि नीति तयार गर्नुपर्दछ । यी सवै कुरा हेर्दा खासगरि स्वास्थ्य सेवालाई जनताले एउटा अधिकारको रुपमा हेर्नुपर्दछ र हुनेले स्वास्थ्य सेवा पाउने र नहुनेले स्वास्थ्य सेवा नपाउने स्थिति हुनुहुँदैन । शहरमा बस्नेले पाउने र गाउँमा बस्नेले नपाउने स्थिति पनि हुनुहुँदैन । वा गरिव, दुर्गम र पछाडि परेको क्षेत्र र व्यक्तिको स्वास्थ्य सेवामा समान ढंगले पहुँच हुनुपर्दछ । र कसैले गुणस्तरिय र कसैले गुणस्तरिय सेवा नपाउने जस्तो स्थिति हुनुहुँदैन । सवैले गुणस्तरिय स्वास्थ्य सेवा पाउनुपर्दछ  । र त्यो सवै जनताको स्वास्थ्य सेवामा पहुँच हुनुपर्दछ । स्वास्थ्य संस्थालाई दुरदराज पुर्याउनुपर्दछ । दुरदराजमा त्यस्तै खालको औषधि र उपकरण पनि पुर्याउनुपर्दछ ताकी स्वास्थ्य सेवा लिनका लागि केन्द्रकै मुख ताक्न र शहरमा नै आउनुपर्ने नपरोस भनेर भण्डारी प्रतिवादन गरेको जवबले ध्यान दिनुपर्दछ । 


जबजमा उल्लेख गरिएको स्वास्थ्य सेवाका कुरा सान्र्दभिकता रहेको थियो । जबजमा मदन भण्डारीले हामीले दिने स्वास्थ्य सेवा वैज्ञानिक विचारमा आधारित हुनुपर्दछ र अन्ध विश्वासमा आधारित हुनुहुँदैन । एउटा मात्र चिकित्सा प्रणालीहरु सवै सेवा दिनसक्दैन । त्यसकारणले देशभित्र रहेका चिकित्सा प्रणालीलाई एकिकृत गरेर लैजानुपर्दछ । खासगरि आधुनिक चिकित्सा प्रणालीले मात्र सेवा दिन सक्दैन । हाम्रो देशभित्र रहेको पूर्विय चिकित्साप्रणालीमा आधारित आयुर्वेद, अकुपञ्चर र स्थानीय तहका स्वास्थ्य सेवाका पद्धतिलाई वैज्ञानिक आधारमा सेवा लैजानुपर्दछ मान्यता रहेको थियो । त्यो उपयुक्त थियो । त्यतिवेला सारिएको विचार हो त्यो विचार अहिले पनि सान्र्दभिक रहेको छ र त्यसलाई परिमार्जन गरेर जानुपर्दछ । नयाँ प्रविधि भित्र्एिका छन् । स्वास्थ्य सेवमा लगानी भित्र्याउनुपर्दछ । स्वास्थ्य सेवामा रहेको जनशक्ति अप्राप्त रहेको छ । अहिले उत्पादन भएका जनशक्तिलाई दुरदराजसम्म पुर्याउनुपर्दछ । स्वास्थ्य सेवाभित्र अध्ययन अनुसन्धानलाई पनि मदन भण्डारीले वैज्ञानिक आधारमा सेवालाई विस्तार गर्नुपर्दछ भनेर भन्नुपर्दछ भन्नु भएको थियो । त्यसलाई भूलनु हुदैन । 

स्वास्थ्य सेवालाई परिस्कृति गर्दै, वैज्ञानिक हिसावले गुणस्तरिय स्वास्थ्य सेवालाई दुरदराजसम्म पुर्याउनुपर्दछ । 
मदन भण्डारीले अगाडि सारेको जबज विचारलाई टेकेर स्वास्थ्य मन्त्रालय हाम्रो नेतृत्व पुग्दा त्यही विचारबाट प्रभावित भएर हामीले सस्तो र पुहँच पुरयाउने स्वास्थ्य विमालाई दुरदराजसम्म पुर्याउने र सवै जनतालाई विमाभित्र आवद्ध गर्नै कार्यक्रम अगाडि सारेको र्हो । अनौचारिक र औपचारिक क्षेत्रलाई समेट्नका लागि एमाले नेतृत्व स्वास्थ्य मन्त्रालय हुँदा नै स्वास्थ्य विमा नीति लागु भएको हो । तर स्वास्थ्य विमा सन्तोषजनक रुपमा कार्यन्वयन भएको छैन । 

मदन भण्डारीकै जवजको मार्गदर्शन अनुसार सरकारले स्वास्थ्य विमा लागु गरिएको हो । अर्को स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र यातायातलाई एकिकृत रुपमा लैजानुपर्दछ । स्वास्थ्य सेवालाई एउटै मन्त्रालयले दिन सक्दैन । भनेर हामीले एकिकृत ढंगले जाने कार्यक्रम पनि ल्याएको थियौ । जबजले भने अनुसार नै स्वास्थ्य नीति बनाइएको थियो । 

प्रसुति सम्बन्धि आकस्मिक उद्धार हेलिकप्टर मार्फत गरिने उद्धार पनि जबजकै मागदर्शन अनुसार गरिएको हो । कसैले पनि उपचार नपाएर मर्न नपरोस भनेर आकस्मिक स्वास्थ्य सेवामा प्रसुतिको सेवा पनि थप्ने काम भयो । भौतिक संरचनामा लगानी, स्वास्थ्य संस्थाको स्तरउन्नती गर्ने, यी कामहरु जवजको दर्शनबाट प्रभावित गरिएको हो । अझ धेरै काम गर्न वाँकी छ । त्यसकालागि एमालेलाई वहुमत सहित सरकार बनायो भने बल्ल सवै ति कुराहरु पार्टीले लागु गर्न सक्दछ । यदि वहुमत ल्याउन सकिन भने लागु गर्न सकिदैन । जबज र स्वास्थ्यलाई हामीले परम्परागत रुपमा हेर्ने भनदा पनि विकास गर्दै लैजानु आवश्यक छ । यसैको रोडम्यापमा अरु परिस्कृत गर्दै जानुपर्ने हुन्छ । 

लेखक एमाले स्वास्थ्य तथा जनसंख्या विभाग सदस्य हुनुहुन्छ 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  २ : ०७ बजे