सुनको मूल्यमा नयाँ कीर्तिमान

संसदमा बाँस्कोटोको  प्रश्न ‘ दुघ किसानले सडकमा ट्याक्टर तेस्याउनुपर्ने हो? 

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दूध किसानको रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ  । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सरकार र मन्त्री फेरिएपनि दूध किसानको समस्या समाधान नभएकोप्रति  उहाँले आपत्ति जनाउनुभयो ।
किसानहरूले दूध बेचको ५ अर्बभन्दा बढी रकम भुक्तानी नदिएर रुवाइरहेको उनको भनाइ छ ।

उहाँले भन्नुभयो  ‘दूध किसानले न्याय पाउन सकेका छैनन् । के फ्रान्समा जस्तो किसानले ट्याक्टरहरू सडकमा लगेर राख्नुपर्ने हो कि ? गाईवस्तु ल्याएर सडकमा छाड्नुपर्ने हो कि?, के गर्‍यो भने उहाँहरूले न्याय पाउँछन् ? उनीहरुले भीख मागेका होइनन् । किसानले परेसानको मूल्य मागेको हो । यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियतामात्रै होइन सरकारको क्षमता र जवाफदेहितामा प्रश्न उठिरहेको छ । एकजनाको कुरा होइन । देशैभरीका किसानको कुरा हो । निजी क्षेत्रले पनि तिर्न बाँकी छ । ऊसित पनि संवाद गर्नुपर्‍यो ।’
 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १ : १४ बजे