साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ ।

बिहीबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । 

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तान ११.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनाएको थियो ।

अब पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग हुने छ ।

फाइनल खेल आगामी शनिबार हुँदै छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ३६ बजे