काठमाडौँ । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्य तालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्य तालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।
परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।
त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने । उम्मेदवारविरुद्ध दाबी विरोध शनिबार राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ । भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ । २२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ ।
प्रकाशित मिति : १३ असार २०८१, बिहिबार ११ : ०८ बजे
प्रतिक्रिया