साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

सिरहा  । सशस्त्र प्रहरीले सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा ईलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा बरामद गरेको छ ।

असार ११ गते राती १२ वटा साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा बरामद गरिएकाे हो ।
बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र  सोफी ब्राण्डको ६० कार्टुन रहेको छ ।

मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समुह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करीव १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ । बरामद मदिरा तथा साईकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाईएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको फौजले  मदिरा बरामद गरेकाे सशस्त्र प्रहरीले  जनाएकाे छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : १९ बजे