यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

‘सामाजिक सञ्जालबाट हुने महिला हिंसा चिन्ताको विषय’

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने महिला हिंसाका घटना बढ्न थालेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । 

मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २३ औँ वार्षिक उत्सवका अवसरमा बुधबार आयोजना गरेको  ‘सामाजिक  सञ्जालमा महिला हिंसा समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अधिकांश सहभागीहरूले सामाजिक सञ्जालको दुरुपयोगहरू महिलाहरू माथि हुने हिंसा बढ्दै जानु चिन्ताजनक रहेको भन्दै यसलाई रोक्न कडा कानुन आवश्यक रहेकोमा जोड दिनुभयो । 

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालले आफू पनि सामाजिक सञ्जालको हिंसामा परेको अनुभव सुनाउनुहुँदै यसलाई रोक्न सामाजिक सञ्जालको नियमनका लागि नयाँ कानुन आवश्यक रहेको बताउनुभयो । उहाँले आफूले सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियाहरूलाई वास्ता नगर्ने गरेको बताउनुहुँदै अहिलेको प्रविधिको युगमा यसको नियमन र सही प्रयोग कसरी गर्ने भन्ने विषयमा ज्ञान सबैलाई हुनुपर्ने बताउनुभयो । 

महिलाप्रति हेर्ने दृष्टिकोण अझैसम्म परिवर्तन नभएको र अहिलेका किशोरीहरू विशेष गरी यौनजन्य हिंसामा समेत फस्नुपरेको भन्दै पौडेलले प्रविधिको दुरुपयोग गरी महिला हिंसाको घटना झनै बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै मेलमिलाप परिषद्की सदस्य विष्णुमाया भुषालले बढ्दो प्रविधिको प्रयोगसँगै नेपालमा डिजिटल साक्षरताको ज्ञानसमेत आवश्यक  भइसकेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले पनि छुट्टै कानुनी प्रावधान बनाउनुपर्नेमा जोड दिनुभयो ।  भुषालले एकले अर्कोलाई दोष देखाएर पन्छिनेभन्दा पनि सामाजिक सञ्जालमा देखिएका विकृतिहरू निर्मूल पार्न सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो । 

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : ५१ बजे