सुनको मूल्यमा नयाँ कीर्तिमान

उपप्रधान मन्त्री महासेठलाई एमाले सांसद थापाको प्रश्न–पारिवारिक क्षेत्रमा बजेट  हाल्न  तपाइलाई मन्त्री बनाएको हो? 

काठमाडौं। एमाले सचिव उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठप्रति   आफ्नै पार्टीका सांसद्हरु असन्तुष्ट  हुन थालेका छन् । उनीहरूले महासेठको कार्यशैली प्रति तीव्र असन्तुष्टि प्रकट गर्न थालेका छन् । 

बिशेगारी मन्त्री महासेठले आफ्नो  आफ्ना नातागोतको क्षेत्रमा मात्र यसपटक उल्लेख्य बजेट  छुट्याएको भन्दै मन्त्रीको सो शैली प्रति असन्तुष्टि बढ्दै गएको हो। सांसदहरूले मन्त्रीले आवश्यकताका आधारमा मन्त्री महासेठले बजेट छुट्ट्याएको आरोप लगाएका छन् । 

एमाले सांसद सूर्य थापाले मन्त्री महासेठलाई पार्टीले जुन उद्धेष्य राखेर मन्त्री बनाएको त्यो काम नगरेको आरोप लगाउनु भएको छ। उहाँले  महासेठको जिम्मा रहेको मन्त्रालय अन्तरगत छुट्टाइएको बजेट आवश्यकताका आधारमा नभई नातागोताका आधारमा तय गरिएको आरोप लगाउनु भयो । 

उहाँले भन्नुभयो  –पार्टीले उहाँलाई भौतिक पूर्वाधार मन्त्री बनाएको आफ्नो, श्रीमतीको र जेठानको क्षेत्रमा बजेट हाल्नका लागि होइन , तर त्यस्तै देखिएको छ । उहाँले भन्नुभयो ‘चाहिएको ठाउँमा आवश्यकताका आधारमा , हिजो हेपिएका ठाउँमा  , जनताले सरकारको अनुभूति गर्न गरी  काम गर्न  पार्टीले उहाँलाई मन्त्री बनाएको हो , तर उहाँले त्यसो गर्न सक्नु भएन । 

थापाले धनुषाका उहाँको क्षेत्र लगायत जेठान र श्रीमतीको क्षेत्रमा अरबौँ बजेट छुट्टाएको तर आफ्नो क्षेत्रमा मन्त्रीले गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै थापाले आक्रोश पोख्नुभयो। थापाले भन्नुभयो ‘ उहाँको क्षेत्रमा अरबौँको बजेट चाहिन्छ भने मेरो क्षेत्रमा चाहिँदैन? । 

थापाले अर्थमन्त्रीले समेत सँगैको रोल्पालाई उल्लेख्य बजेट हालेको तर आफ्नो  क्षेत्र प्युठानलाई हेला गरेको आरोप लगाउनु भयो। 

थापाले आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमा लेखेर पनि सार्बजनिक गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ – तोक र नक्सा दुबैमा.रघुवीर महासेठको हस्तलिखित, रेखाङ्कन र हस्ताक्षरमा हो।

बजेट धनुषा र सिराहाका पारिवारिक क्षेत्रमा हाल्न यस्तो नाटक किन गर्नुभएको महोदय?

गत वर्षदेखि यो बाटोमा १ करोड बजेटसहित डबल लेनको कार्यक्रम समेटिएको थियो। यसपालि पाँच पैसा थप्नुभएन।

भालुबाङ–चकचके गत बर्ष ३.७५ करोड बजेट थियो, यसपालि ४ करोड रहेको छ। यसनिम्ति मन्त्री र सचिव नभएर सडक विभागको नेतृत्वलाई धन्यवाद छ।

यस अघि संसदको बैठकमा बोल्दै  सांसद थापाले  यस्तो असन्तुष्टि प्रकट गर्नुभएको थियो ।  थापाले ६३ वर्षअघि सुरु गरिएको भालुबाङ–प्यूठान सडकमा बजेट नछुट्याइएको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँले अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई भेटेर जानकारी गराउँदासमेत उक्त योजनामा बजेट नदिइएको भन्दै विरोध जनाउनुभएको थियो  ।

 प्रतिनिधि सभामा भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलमा रोल्पामा शहीदमार्ग लगायतका विभिन्न सडकमा १० अर्ब बजेट जाँदा भालुबाङ–चकचके सडकमा १६ करोड माग्दा पनि नदिइएको बताउनुभएको थियो  । ‘शहीद मार्गमा के केमा रोल्पातिर १० अर्ब बजेट जाँदा मैले धेरै मागेको थिइनँ, १६ करोड र बहुवर्षीय गर्दा ४ वर्षमा ८४ करोडमा त्यो दुई लेन बन्छ’, उनले भने, ‘६३ वर्षदेखि थालनी भएको मोटरबाटो, हाम्रो बाबुले, बाजेले श्रमदान गरे, मभन्दा दुई वर्ष जेठी दिदीले श्रमदान गरेको म सम्झिन्छु त्यो बाटोका लागि १६ करोड चाहिँ हामीले भिख मागेका थियौं र ? 

रघुवीर महासेठ भौतिक पूर्वाधारमन्त्री र वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री भएका बेला २०७६ जेठ ६ गते भालुबाङ–चकचके–लिबाङ–माडीचौर–दारबोट सडकलाई राष्ट्रिय राजमार्गबाट कटौती गरिएको थापाको आरोप थियो  । यो कुरा थाहा पाएपछि आफूले दुवै मन्त्रीलाई जानकारी गराएको तर नसच्याएको उहाँको भनाई थियो । ‘नेशनल हाइवे ५३ संकेत नम्बर, त्यो पूर्वाग्रहपूर्ण छ, प्युठानी जनताको भावना विपरीत छ । वाहियात छ, त्यो सच्याइयोस्’, थापाले भन्नुभएको थियो  ।

महासेठलाई सम्बोधन गर्दै थापाले भूगोल थाहा नभए एकपटक स्थलगत अनुगमनका लागि जान आग्रह गर्नुभएको थियो  । ‘योजनाको बारेमा स्थलगत जानकारी छैन भने स्वर्गद्वारी आश्रम घुम्न निम्तो गर्छु, स्वर्गद्वारी आश्रम आउनुस्, र त्यहाँबाट सद्‌बुद्धि प्राप्त गर्नुस् र त्यो कटौती भएको जुन नेशनल हाइवेवाला, जुन पक्षपातपूर्ण काम गर्नुभएको छ त्यो सच्याउनुस्’, उहँको भनाई थियो।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : २३ बजे