साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं। नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ ।

बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आउनुभएको छ ।

यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दै हुनुहुन्छ ।

बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालले व्यापार, लगानी र पर्यटन प्रवद्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।

बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई शीघ्र सम्पन्न गर्नेबारेसमेत छलफल हुने परराष्ट्रले जनाएको हो ।

यसैबीच तीन दिने नेपाल भ्रमणमा रहनुभएका वेइडोङले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो साँझ भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपविदेशमन्त्री सुन नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिृदै हुनुहुन्छ । यसैबीच उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँगसमेत शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : ३३ बजे