साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

 रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोबारी एक जना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने वर्ष २१ को राहुल राम रहेका छन् । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन् गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४/५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आइतबार राती साढे १२ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका राम सँगै मोटर साइकलमा सवार अर्का एक जना भारतीय भने भारत तर्फ भाग्न सफल भएको थियो। एसपी हुमागाईँका अनुसार मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ अर्थात् पक्राउ परेका भारतीय नागरिक राहुल राम हतियार कारोबारी हुनसक्छ। उसको साथबाट बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरीका एसपी हुमागाईँको सक्रियताले भारतीय सीमा क्षेत्रमा बिगतमा हुने गरेको अवैध कारोबार, आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : ०१ बजे