सुनको मूल्यमा नयाँ कीर्तिमान

अध्यक्ष जित्न माधव नेपालको जबज ‘प्रोपोगाण्डा’

काठमाडौं।  नेकपा एसमा जति पार्टी सदस्य छन् झन्डै चुनावका मतदाता पनि उति नै छन्। यो पार्टीका अहिलेको महाधिवेशनमा आएका  प्रतिनिधिको सङ्ख्या गणना गर्दा  पार्टी सदस्य दुई लाख ७० हजार पुग्नु पर्ने हुन्छ। गएको निर्वाचनमा यस पार्टीले प्राप्त गरेको समानुपातिक मत २ लाख ९० हजार हो। यसरी हेर्दा २० हजार मतदाता  बाहेक  अरु बाँकी सबै पार्टी सदस्य देखिन्छन्। 

महाधिवेशनका लागि अहिले देशभरिबाट १ हजार आठ सय प्रतिनिधि छानिएको सो पार्टीले जनाकारी दिएको छ। १ सय ५० सदस्य बराबर एक प्रतिनिधिको व्यवस्था गरिएको छ। यसो हुँदा  जम्मा जम्मी  २ लाख ७० हजार पार्टी सदस्यबाट १ हजार ८ सय महाधिवेशन प्रतिनिधि छानिएको  तथ्य स्पष्ट छ। 

नेकपा एस प्रतिनिधिसभामा १० सिट जिते पनि राष्ट्रिय दल बन्न सकेन । तर भावी नेतृत्वलाई लिएर पार्टीको आकारभन्दा अहिले हल्ला र तामझाम ठुलो  देखिएको छ । यदि जितेका १० सिटमा एक्लै चुनाव लड्नु परेको भए प्राप्त गरेको समानुपातिक मतलाई आधार मान्दा रौतहटको एक निर्वाचन क्षेत्र बाहेक देशभरि सो पार्टीले उठाएका सबै उम्मेदवारले जमानत जोगाउन नसकेको तथ्य अर्को रहेको छ।  तर महाधिवेशन आउन छ दिन बाँकी हुँदा  देशको राजनीतिमा ठुलै प्रभाव पार्ने पार्टी जस्तो चुनाव अभियान सुरु भएको छ। 

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भावी अध्यक्ष बन्ने गरी रणनीतिक छलफल चलाएका छन्  । उनीहरूबीच केही राजनीतिक–वैचारिक मुद्दामा मतभेद भएको एउटा बहाना  बनाइएको छ।  तर सबैको अर्जुन दृष्टि भने भावी अध्यक्षमा रहेको घटनाक्रमहरूले बिस्तारै पुष्टि गर्दै आएका छन् । 

नेकपा एसमा महाधिवेशन अघि  जनताको बहुदलीय जनवादको पक्ष र विपक्षमा कित्ता बन्दी भएको जस्तो अभिनय सुरु भएको छ।  एक नेताका अनुसार यो त चुनाव जित्ने एउटा बहाना मात्र हो। जबजको विरोध गरेर खनाल नेपाल भन्दा फरक देखिन चाहन्छन् भने नेपाल जबजलाई आधार बनाएर अध्यक्ष बन्ने भ¥याङका रूपमा प्रयोग गर्न खोजेको देखिन्छ। नेकपा एसमा रहेका  अधिकांश पार्टी सदस्यहरू वैचारिक हिसाबमा जबज पक्षधर भएकोले पनि माधव नेपालले यसलाई बलियो अस्त्रका रूपमा प्रयोग गर्न खोजेको देखिएको छ।  

अध्यक्षमा सहमति नजुट्दा नेपाल पक्ष र इतर पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपी  यस्तो रिस्क मोल्न  उनीहरू  कति तयार हुन्छन् भन्नेमा समेत अन्योल छ। झलनाथ खनाल र घनश्याम भुसाललाई मिलाउन एक थरी नेताहरू गोप्य रूपमा लागेका छन्‘सहमतिका लागि अधिकतम प्रयास हुन्छ, यदि सहमति भएन भने खनाल र भुसालको एउटै टिम बन्छ,’ स्रोतले भन्यो । नेपालले समझदारीबाटै नेतृत्व टुङ्गो लगाउनुपर्ने बताएका छन् । यसको अर्थ उनी आफ्नै नाममा सहमति गर्ने प्रयासमा लागेका छन् । 

नेपालकै नेतृत्वमा करिब तीन वर्षअघि एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो । नेपाल पक्षीय नेताहरू सहमतिको माहौल  बनाएर उनलाई अध्यक्ष बनाउने काममा खटिएका छन् ।  चुनौतीपूर्ण वेला पार्टीको नेतृत्व गरेकाले एक कार्यकाल नेपाललाई नै दोहो¥याउनुपर्ने उनी पक्षीय नेताहरूको जोड छ ।

नेपाल र खनाल प्रतिस्पर्धीको रूपमा अघि बढ्दा पुस्तान्तरणको पक्षमा सहमति हुने विश्वास भुसाल पक्षको छ ।  विचारका हिसाबले आफू र आफ्नो समूहलाई अघि बढोस् भनेर धेरैले नवौँ महाधिवेशनकै वेला जोड दिएको भुसालले दाबी गर्दै आएका छन् । यद्यपी अहिले उनलाई एमालेबाट गरेको विद्रोहले समेत चस्काउने गरेको छ। यस बेला चुनावी प्रतिस्पर्धामा उनलाई टिकट ‘नपाएको विद्रोही’को संज्ञा दिन थालेका छन् । 

एकीकृत समाजवादीले १६–२० असारमा काठमाडौँमा १०औँ महाधिवेशन गर्दै छ । ९ भदौ ०७८ मा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो । दल दर्ता भएको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, एकीकृत समाजवादीले तीन वर्षमै महाधिवेशन गर्दै छ । 

अध्यक्ष नेपाल  अहिलेको सत्ता समीकरणमा घुँडा टेकेर बस्न नहुने पक्षमा छन् । सम्मानित नेता खनाल र महासचिव भुसाल भने वर्तमान समीकरणलाई बलियो बनाउँदै वामपन्थी सहकार्यको पक्षमा छन् । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ५४ बजे