‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ठूला विकास आयोजना र उद्योगमा काम गर्ने विदेशीको संख्या घट्यो  

काठमाडौं । अन्तर्राष्ट्रिय विकास साझेदारद्धारा सञ्चालन गरिएका ठूला विकास आयोजना र ठूला उद्योगमा काम गर्ने विदेशीको संख्या घटेको छ । ठूला उद्योग तथा परियोजनामा नेपाली कामदार नपाएको अवस्थामा कानुन अनुसार ५ प्रतिशत विदेशी राख्न पाउने व्यवस्था भए पनि यो वर्ष  अघिल्ला वर्ष जस्तो विदेशीले रोजगारीको अवसर पाएका छैनन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले गत वर्षको तुलनामा यो वर्ष श्रम स्वीकृति लिने संख्या घटेको बताएका छन् । गत वर्ष २ हजार ७४४ विदेशीले श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको ११ महिनामा रोजगारी खोज्दै नेपाल आउने २ हजार ११५ विदेशी नागरिकले मात्रै श्रम स्वीकृति लिएका छन् । 

ठूला आयोजनामा गत आवमा २ हजार ९९४ जनाले श्रम स्वीकृति लिएर काम गरेको अवस्थामा यो संख्या त्यो भन्दा अघि २ हजार १८१ रहेको थियो । नेपालमा सञ्चालनमा रहेका विकास साझेदारका परियोजना तथा स्वदेशी उद्योगमा  रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या यो वर्ष घटेको छ । नेपालमा भारतसहित अन्य छिमेकी देशबाट लाखौं श्रमिक रोजगारीका लागि नेपाल आउने भए पनि सरकारसँग श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या भने यो वर्ष न्यून रहेको तथ्यांकले देखाएको हो ।

कोभिडपछि परियोजना तथा ठूला उद्योग सञ्चालनमा आएसँगै विदेशीको संख्या बढेको भए पनि चालु आर्थिक वर्षमा नेपालमा काम गर्ने मनसायसहित १ हजार ३५५ जनाले नवीकरण र ८०० जनाले श्रम नयाँ स्वीकृति लिएका छन् । चीन, बेलायत, अमेरिक, जापान र दक्षिण कोरियालगायतका परियोजना सञ्चालन गरिरहेका विकास साझेदार देशका नागरिकले अन्य देशको तुलनामा काम गर्ने  अनुमति धेरै लिएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा २ हजार २१ चिनियाँ, ११७ बेलायती, १०२ अमेरिकी, ९७ जापान, ८२ कोरियन र बाँकी अन्य देशका ३११ नागरिकले विभागबाट रोजगारीका श्रम स्वीकृति लिएको पाइएको छ । यसमध्ये श्रीलंका ७९, भारत ४५, जर्मन ३९,

अष्ट्रेलिया ३६ रहेका छन । गत आवमा नेपालमा काम खोज्दै ११६ देशका नागरिकले श्रम स्वीकृति लिएका थिए । 
नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौं तराई मधेश दु्रतमार्गका २ वटा परियोजनाले ३२७ विदेशी कामदार राखेका थिए । काठमाडौं तराई मधेश दु्रतमार्गको एक परियोजना चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमा १०३ र अर्को पोलि चाङडा इन्जिनियरिङ कम्पनी चाइनामा २२४ विदेशी कार्यरत रहेको विभागले जनाएको छ । यसैगरी दोस्रोमा कञ्चनपुर–कमला रोड प्रोजेक्टमा ११६, चाइना ओभरसीज इन्जिनियरिङमा ९४, संजिन खोला हाइड्रोपावरमा ८९ विदेशी कामदार कार्यरत रहेका छन् । उद्योगतर्पm हवासिन नारायणी सिमेन्ट १०२, होंङसी शिवम सिमेन्ट ६९, हिमालयन एयरलाइन्स २८, ब्रिटिस स्कुल ५९, लिंकन स्कुल ४९, हुवाए टेक्नोलोजीमा १८ विदेशी नागरिक कार्यरत रहेको विभागले जनाएको छ । 

विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्तिहरु आयात गरी काममा लगाउन सकिने व्यवस्था गरे पनि  नेपाल सरकारका विभिन्न निकायहरुसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदार समेत नेपालमा आउने गरेको पाइन्छ । यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिक समेत नेपालमा प्रवेश गरी काम गर्ने प्रकृतिले अर्बौं रुपैयाँ विदेश जाने गरेको छ । 
 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : १५ बजे