साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत गए राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा शुरुवाती ब्याटिङ गरेको अमेरिका ११५ रन बनाउँदै अलआउट भएको थियो । ११६ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९.४ ओभरमा कुनै पनि विकेट नगुमाई ११७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

अमेरिकाका लागि स्टिभन टेलरे १२ तथा एन्ड्रिज गउजले ८ रन जोडे । त्यस्तै नितिश कुमारले ३०, एरोन जोन्स १०, कोरी एन्डरसन २९, मिलिन्द कुमार ४, हरमित सिंह २१ रनमा आउट भए । साडली भान सचलकेवाक शून्यमा नटआउट हुँदा अन्य ब्याटरहरू शून्यमै आउट भए ।

इङ्ल्याण्डका लागि चेरिस जोर्डनले ह्याट्रिक विकेटसहित ४ विकेट लिए । त्यस्तै साम करण र अदिल रशिदले २-२ विकेट लिएको खेलमा रिस टोप्ली र लियम लिभिङ्सटनले १-१ विकेट लिए । जवाफी ब्याटिङमा इङ्ल्यान्डका जोस बट्लरले विष्फोटक ब्याटिङ गर्दै ३८ बलमा ८३ रन जोडे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रनको योगदान दिए ।

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : २२ बजे