साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा

काठमाडौं । जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन् ।

गएराति सम्पन्न समूह ‘ए’अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन् ।

यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए । यसअघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यो बराबरीपछि जर्मनीको समूह ‘ए’मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै, समूह ‘ए’बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ ।

हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ । सबै ६ समूहका तेस्रो स्थानमा रहने शीर्ष चार देश नकआउट चरणमा छानिने हुनाले यसको टुंगो भने समूह चरणका सबै खेल पछि लाग्ने छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ०४ बजे