सुनको मूल्यमा नयाँ कीर्तिमान

गण्डकीका निलम्बित सांसद देवकोटाले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो ।

आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गर्नु भएको थियो ।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल समबन्धि ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई मओवादी केन्द्रले कारवाही गर्न नसक्ने दावी गर्नु भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : ०२ बजे