साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

काठमाडौं। काठमाडौं नयाँ बानेश्वर चोकनजिकैको सस्तो बजारमा एकजना १९ वर्षीया युवती बलात्कृत भएकी छन् ।

काठमाडौं महानगरपालिका – ३१ शंखमुल बस्ने भारतको बिहार राज्यस्थित मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई उक्त प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । 

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका – १० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उजुरीका आधारमा प्रहरीले ती भारतीय युवकलाई पक्राउ गरेर अनुसन्धान अघी बढाएको छ । 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : २८ बजे