साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रेस युनियनका अध्यक्ष लम्सालको घोषणा – यथास्थितिमा महासङ्घको निर्वाचन हुन दिइन्न

काठमाडौं। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यथास्थितिमा नेपाल पत्रकार महासङ्घको निर्वाचन हुन नदिने घोषणा गरेका छन् । लम्साल यस बेला लन्डन भ्रमणमा रहेका छन् । उनले यथास्थितिमा महासङ्घको निर्वाचन  कुनै हालतमा हुन नदिने घोषणा गरेको लन्डनमा रहेका पत्रकार चिरन शर्माले  आफ्नो स्ट्याटसमा उल्लेख गरेका  छन् । 

शर्माले लेखेका छन् – प्रेस युनियनका सभापति शिव लम्सालको लन्डनमा उद्घोष   यथास्थितिमा पत्रकार महासङ्घको निर्वाचन हुन् दिइन्न , केन्द्रीय कार्यालयमा ताल्चा लाइन्च  स्काउट, रेडक्रस , एनआरएनएकै बाटोमा छौँ हामी पत्रकार पनि ।

त्यसै गरी  युनियनका उपाध्यक्ष जीवन भण्डारीले पनि मापदण्ड अनुसार सदस्यताका टुङ्गो लगाउन  महासङ्घ केन्द्रलाई २४ घण्टाको अल्टिमेटम दिएको उल्लेख गरेका छन् । त्यसो नगरे प्रेस युनियनले निर्वाचन हुन  नदिने र आन्दोलन गर्ने निर्णय गरेको जानकारी गराएका छन् । 

 उनले भनेका छन् –विचार र आस्थाकै कारण कसैले पत्रकार भएरै पनि पत्रकार महासङ्घको सदस्यता नपाउने र कसैले नभएर पनि पाउने भइरहेकाले तत्काल विधि, प्रक्रिया र मापदण्ड अनुसार सदस्यताको टुङ्गो लगाउन पत्रकार महासङ्घलाई पटक पटक आग्रह गर्दा सुनवाइ नभएपछि आज दिउँसो २४ घण्टे अल्टिमेटम दिइएको छ । प्रक्रियासम्मत मापदण्ड अनुरूप न्यायोचित तरिकाले सदस्यता नटुङ्ग्याइए प्रेस युनियनले कठोर अवरोधक आन्दोलन गर्ने निर्णय गरेको सबैमा अनुरोध गर्दछौँ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ११ : ४९ बजे