डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

काँक्रेविहार ।  डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए । 
 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : २६ बजे