सुनको मूल्यमा नयाँ कीर्तिमान

नयाँ दलबाट केही हुँदैन, पुरानैलाई सुधार्नु पर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार तुलसीपुर उपमहानगरपालिका-११ मालेडाँडामा निर्माण गरिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरण गर्नुहुँदै महासचिव पोखरेलले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताउनुभयो ।

‘धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ ।’ महासचिव पोखरेलले भन्नुभयो, ‘जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ ।’

नयाँ दलले देशलाई निकास दिन नसक्ने भन्नुहुँदै उहाँले पुरानै दलमा सुधार खोज्नुपर्ने बताउनुभयो । ‘नयाँ दलबाट केही हुँदैन ।’ महासचिव पोखरेलले भन्नुभयो, ‘पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ ।’

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : २४ बजे