साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

आठ देशका राजदूत नियुक्त, को–कहाँ ?

काठमाडौं । सरकारले आठ देशका लागि राजदूत सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो ।

सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ । रेग्मी यसअघि बेलायतका राजदूत पनि बन्नुभएको थियो ।

त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ३२ बजे