वैदेशिक रोजगारमा स्लोभाकिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारमा स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका -३३ घर भई  हाल काठमाडौँ महानगरपालिका- १६ बालाजु बस्ने  ३३ ३४ वर्षीय बन्दुराज पराजुली बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

 पराजुलीले आकर्षक तलबको प्रलोभन देखाई पीडितबाट ६ लाख ६८ हजार रकम लिए पश्चात विदेश नपठाई
सम्पर्क विहीन भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका -४ बालुवाटारबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धानको लागि  वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ४१ बजे