साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

योगले मानिसलाई स्वस्थ्य र असल बनाउँछः अध्यक्ष ओली

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगले मानिसलाई स्वस्थ्य र असल बनाउने बताउनु भएको छ । 
एमाले केन्द्रीय कार्यालयले अन्तर्राष्ट्रय योग दिवसको अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको “निरोगी नेपालको लागि योग”कार्यक्रममा उहाँले योगले मानिसलाई स्वस्थ्य जीवन जिउन र असल कर्म सिकाउने काम गरेको बताउनुभयो । 

“योग भनेको आफूलाई रोग, विकार र विकृति चिन्तनबाट मुक्त अनावश्यक र अनुचित कुराबाट मुक्त गर्ने माध्यम रहेको छ” उहाँले भन्नुभयो, “योगलाई समाजमा रहेका विकृति हटाउन र समाजलाई सुधार गर्नका लागि अभ्यास गर्नुपर्दछ ।” 
उहाँले योगगुरुलाई योगको माग सहि दिन आग्रह गर्दै योगलाई दुरुपयोग गर्न नहुने बताउनुभयो ।  
उहाँले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताउनुभयो । 

अध्यक्ष ओलीले योग नेपाल भूमिबाट नै शुरु भएको भन्दै भन्नुभयो “योग यसै भूमिबाट शुरु भएको थियो, हजारौं वर्षअघि। मैले आफ्ना अघिल्ला मन्तव्यमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ ।  योगी शिवबाट योग शुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन” उहाँले भन्नुभयो । 
उहाँले योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित गर्नु नहुने धारणा राख्नुभयो । 
 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : २३ बजे