काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार २ : ११ बजे
प्रतिक्रिया