साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

काठमाडौं। भारतले अफगानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।

गएराति समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अलआउट हुँदै १३४ रन मात्र बनाएपछि भारत ४७ रनले विजयी भएको हो ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए ।

त्यस्तै, भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३/३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए ।

त्यस्तै, अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३/३ विकेट लिएका थिए ।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ ।

अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ ।

त्यस्तै, अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ०१ बजे