विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पुनर्बहालीको माग गर्दै फणीन्द्र देवकोटा पुगे सर्वोच्च

पोखरा । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुग्नुभएको  छ । उहाँले पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो । 

माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।

माओवादीले गरेको कारबाही सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते प्रदेश सभामा पढेर सुनाएसँगै देवकोटा पद मुक्त हुनुभएको थियो । 

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बननुभएको थियो । 

उहाँले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको थियो । त्यसपछि माओवादीले उहाँलाई स्पष्टीकरण सोधेको थियो । देवकोटाले दायर गरेको रिटको पहिलो पेशी आइतबार तोकिएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ६ : १४ बजे