सुनको मूल्यमा नयाँ कीर्तिमान

एसको महाधिवेशन: आफूलाई भोट दिन खनालको आग्रह 

काठमाडौँ।  नेकपा एसले सो पार्टीको महाधिवेशन अघि  बिभिन्न आचारसंहिता जारी गरेको छ। सो अनुसार उम्मेदवार हुने र मत माग्नका लागि समेत औपचारिक खुल्ला भएको छैन। 

तर सो पार्टीका सम्मानित नेता झलनाथ खनालले भने विज्ञप्ति जारी गरेर नै  प्रतिनिधिसँग मत   माग्नुभएको छ।  पार्टीको महाधिवेशनमा  छानिएका प्रतिनिधिलाई विज्ञप्ति निकालेर बधाई दिने परम्पराका सुरुवात गर्दै उहाँले मत समेत माग्नु भएको छ। उहाँले आफ्नो नाम उल्लेख गरेर मत नमागे पनि सक्षम नेतृत्व  छान्न आग्रह गर्दै भोट माग्नु भएको छ। सम्मानित नेता खनाल सो पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुनुहुन्छ। 

‘महाधिवेशनका लागि निर्वाचित सबै कमरेडहरूका काँधमा अत्यन्त ठुलो जिम्मेवारी आएको छ । अब हामी सबैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउन, पार्टीलाई वैचारिक र सङ्गठनात्मक दुवै हिसाबले दक्षिणपन्थी यथास्थितिवाद बाट मुक्त गराउन र सबै प्रकारका वैचारिक भ्रमहरूबाट मुक्त नयाँ क्रान्तिकारी, सक्षम र गतिशील नेतृत्व निर्माण गर्न अझै अहम् भूमिका निर्वाह गर्नु पर्नेछ ’। खनालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। 

 प्रकाशित विज्ञप्तिमा भनिएको छ –हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाअधिवेशनका निम्ति हिजो ५ असार २०८१ का दिन देश र प्रवासमा समेत पार्टी व्यापी रूपमा महाअधिवेशन प्रतिनिधिहरू निर्वाचन गर्ने कार्य सम्पन्न भएको छ । केही सामान्य कमजोरीका बाबजुद सम्पूर्ण प्रतिनीधिहरुको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । म सम्पूर्ण निर्वाचित प्रतिनिधि कमरेडहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै आसन्न महाअधिवेसनलाई ऐतिहासिक सफलतामा पु¥याउन  हार्दिक शुभकामना पनि प्रकट गर्दछु ’।

 

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ४ : ३७ बजे