साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैतडीको पाटन हत्या घटना : थप एकजना पक्राउ

बैतडी । बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी रहेका छन् । प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयो ।

मृतक विरभानका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु सबै पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि पाटन–६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन–१ का राजेन्द्र भट्टराई र किशोर भट्टराई तथा पाटन–६ कै भरतमोहन विष्टलाई पक्राउ गरिसकेको छ ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यही असार १ गते शनिबारदेखि बेपत्ता विरभान विष्टको शव सोमबार दिउँसो पाटन–६ घाङल खोलामा फेला परेको थियो । भागरथीले विष्टको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् ।

काठको चिरपटले हानेर विरभानको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । भागरथी स्थानीय सहस्त्रलिङ्ग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक विष्ट ट्रक चालक हुन् । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : ०४ बजे