सुनको मूल्यमा नयाँ कीर्तिमान

ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए। उनको  उपचारकै क्रममा सोमबार निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए।

स्वर्गीय गच्छदारको अन्त्येष्टि आज गरिने छ। 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : २० बजे