दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

वामदेवलाई भेटन भैसेपाटी पुगे उपप्रधानमन्त्री पौडेल 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल एमाले उपाध्यक्ष वामदेव गौतमलाई भैंसेपाटी निवासमा गएर भेट गर्नुभएको छ ।

एमाले स्थायी कमिटी बैठकमा सहभागिताको विषयमा छलफल गर्न उपप्रधानमन्त्री पौडेल गौतम निवास पुग्नुभएको हो । उहाँहरुबीच असार २ गते बोलाइएको स्थायी कमिटी बैठकमा सहभागिताको विषयमा छलफल भएको बताइएको छ ।

माधव नेपालले नयाँ पार्टी बनाएर त्यतै जान्छु भनेर सार्वजनिक घोषणा गर्नुभएका गौतमलाई मनाउन पौडेल जानुभएको हो ।

प्रदेशमा एमाले एकढिक्का भइरहेकाबेला शीर्ष नेताहरुलाई मिल्न दबाब परिरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  १२ : ५३ बजे