सुनको मूल्यमा नयाँ कीर्तिमान

संसदीय छानबिन विशेष समितिबाट कार्यविधि पारित

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ। आज बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात सहकारी बचत रकम अपचलनको बारेमा कसरी छानबिन गर्ने भन्ने कार्यविधि पारित भएको समितिका संयोजक सूर्य थापाले जानकारी दिनुभयाे।

 कार्यविधि जुन सु्झावसहित पारित भएको छ। त्यसलाई अन्तिम रुप दिने र प्रमाणिकरण गर्ने कार्यसँगै समितिले औपचारिक रुपमा अगाडि बढाउन बाटो तयार भएको  उहाँले बताउनुभयाे

उाहँले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापनसँग छलफल गर्ने तयारी रहेको जानकारी दिनुभयाे । सांसद थापाले तथ्यको विश्लेषण गरेर समिति सत्यमा पुग्ने बताउनुभयाे। उाहँले सम्बन्ध व्यक्तिहरुसँग पनि समितिले सोधपु्छ गर्ने जानकारी गराउनुभयाे। उाहँले अदालतमा विचाराधीनमा रहेका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल भएको बताउनुभयाे। उहाँले समितिले नियोजित रुपमा कसैलाई दोषी छ भनेर छानबिन नगर्ने तर अध्ययनका क्रममा दोषी देखिएकालाई कारबाही सिफारिस गर्ने स्पष्ट पार्नुभयाे। 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : ३७ बजे